उत्पादन सुरु भइसक्दा पनि कारोबार नहुँदा कृषक समस्यामा छन् । मुख्य बजार भारतले चिराइतोको विकल्प खोजेको र नेपालबाट जाने चिराइतोको गुणस्तर खस्केकाले समस्या भएको व्यवसायीहरू बताउँछन् ।
भारतमा निकासा रोकिएपछि चीनतर्फ केही कारोबार भएपनि अहिले चीनमा पनि बिक्री ठप्प भएको ताप्लेजुङका व्यवसायीहरुले बताएका छन् ।
मुख्य बजार चीन र भारतमा व्यापार रोकिएपछि बंगलादेशमा निर्यात बढाउन पहल भइरहे पनि निर्यात हुने सम्भावना कम रहेको व्यापारीहरुको भनाइ छ ।
चिराइतो भारत र चीनलगायत बंगलादेश, जर्मनी र फ्रान्समा औषधि उत्पादनका लागि जाने गरेको छ ।
प्रतिमन ३० हजार रुपैयाँसम्ममा बिक्री भएको चिराइतो गत वर्ष त्योभन्दा आधा मूल्यमा बिक्री गर्न पनि मुस्किल भएको थियो ।
उत्पादन बढे पनि माग घट्न थालेपछि व्यावसायिक चिराइतो खेतीमा लागेका ताप्लेजुङका करिब पाँच हजार कृषक अन्योलमा छन् ।
ताप्लेजुङका उत्तरी क्षेत्रका अधिकांश कृषकको घरमा २० देखि ६० मनसम्म चिराइतो थन्किएको छ ।









प्रतिक्रिया दिनुहोस्