पछिल्लो समय नेपालमा महँगा सवारी–साधनप्रतिको आकर्षण बढ्दै गएको छ । महँगा गाडीप्रतिको आकर्षणलाई मध्यनजर गर्दै विभिन्न कम्पनीले पनि भिन्न–भिन्न मोडलका महँगा गाडी भित्र्याइरहेका छन् ।
अहिले नेपाली बजारमा एक करोड रुपैयाँभन्दा बढीपर्ने विभिन्न नयाँ मोडलका गाडी पाइन थालेका छन् । माग बढेपछि आधुनिक, महँगा र सुविधासम्पन्न गाडी नेपाल भित्र्याउन थालेको व्यवसायीहरु बताउँछन् ।
निशान कम्पनीको एक्स–ट्रयाल टु रोओ (१९९७ सीसी)को प्रतिमूल्य १ करोड १५ लाख रुपैयाँ पर्छ ।
यस्तै, होन्डा–सीआरभी आरभीएसआई (१९९७ सीसी)को प्रतिगाडी १ करोड ७ लाख ७५ हजार रुपैयाँ पर्छ भने स्कोडा–स्टायलएटी (१९६८ सीसी)को मूल्य १ करोड १६ लाख रुपैयाँ पर्छ ।
त्यसैगरी, पुँजो– ३००८ जीटीलाइन (१५९८ सीसी) को मूल्य १ करोड १० लाख पर्छ । यी सबै गाडी नेपाली बजारमा भित्रिसकेका छन् ।
नेपाली बजारमा सस्तादेखि धेरै महँगा गाडी उपलब्ध छन् । व्यक्तिको क्षमताअनुसार सवारी–साधन खरिद–बिक्री हुने भएकाले सबै मोडलका गाडी उपलब्ध गराउन थालेको व्यवसायीहरु बताउँछन् ।
आर्थिक हैसियतअनुसारका सवारी–साधन उपलब्ध गराउने उद्देश्यअनुसार महँगा गाडी पनि भित्र्याएको व्यवसायीहरुको भनाइ छ ।
काठमाडौंमा जारी नाडा अटो शोमा सस्तादेखि महँगा मूल्यका गाडी प्रदर्शनी तथा बिक्रीमा राखिएका छन् । शोमा पुग्नेहरु महँगा गाडीप्रति बढी आकर्षित भएका छन् ।
नाडा अटो शोमा राखिएका महँगा गाडीप्रतिमात्र होइन, आफ्नो क्षमताअनुसार नयाँ गाडी खरिद गर्न चाहनेहरु पनि उत्तिकै भेटिने गरेका छन् ।
नजिकिँदै गरेका ठूला चाडपर्वलाई लक्षित गर्दै आयोजना गरिएको नाडा अटो शोमा सबै किसिमका सवारी–साधन राखिएकाले ग्राहकको भीड पनि निकै बढ्दै गएको छ ।
व्यवसायीहरु पनि ग्राहकलाई आकर्षित गर्न र आफ्नो गाडीको प्रचार गर्न निकै सक्रिय छन् ।
भिडियो हेर्नुहोस्









प्रतिक्रिया दिनुहोस्