शनिबार धनगढीमा पत्रकारहरुसँग ऊर्जामन्त्री शाहीले ७ नम्बर प्रदेशलाई लोडसेडिङमुक्त बनाउन सरकारले पहल गरिरहेको बताए ।
यस क्षेत्रमा रहेका ट्रान्सफर्मर कम क्षमताका हुनु, बिजुलीका तार पुराना भइसकेकाले लोडसेडिङ हुँदै आएको स्वीकार्दै कम क्षमताका ट्रान्सफर्मर र पुराना तार परिवर्तन गरिरहेको मन्त्री शाहीले जानकारी दिए ।
बढीमा एक महिनाभित्र ठेकेदारलाई काम सक्न र दैनिक कार्यप्रगति विवरण पनि बुझाउन निर्देशन दिएको उनको भनाइ थियो ।









प्रतिक्रिया दिनुहोस्