उनले एमालेले २ नम्बर प्रदेशमा स्थानीय तहमा बहुमत ल्याउने र प्रादेशिक संसदको चुनावमा बहुमत ल्याएर सरकार बनाउने उद्घोष पनि गरे ।
पार्टीको प्रदेश नम्बर–२ सम्पर्क कमिटीले शनिबार काठमाडौंमा गरेको कार्यक्रममा अध्यक्ष ओलीले एमालेविरुद्ध जसजसले मोर्चाबन्दी गरे पनि फरक नपर्ने बताए ।
तराई–मधेसको विकास र सामाजिक न्यायका लागि एमालेले काम गरेका कारण एमालेविरुद्ध एक्लै प्रतिस्पर्धामा आउने आँट अरु दलमा नभएको ओलीको भनाइ थियो ।
विदेशी एजेन्डाको भारी बोकाएर तराईवासीलाई मानवविकास सूचकांकको सबैभन्दा पछिल्लो स्थानमा राखिएको र त्यहाँ विकास र जनचेतना जगाउनसमेत अवरोध गरिएको ओलीको भनाइ थियो ।





प्रतिक्रिया दिनुहोस्