साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा ४२ अंकले झरेर १५ सय ८० मा आइपुग्यो ।
यो साता उत्पादनमूलक समूहबाहेक अरु कारोबार भएका सबै समूहमा गिरावट आएसँगै साताको नेप्से दोहोरो अंकले झरेको हो । बिमा समूहमा सबैभन्दा उच्च करिब ३ सय अंकको गिरावट आयो । उत्पादनमूलक समूहमा भने करिब ३९ अंकको वृद्धि आयो ।
यो साता कारोबार परिमाणमा भने सामान्य वृद्धि आयो । यो साता नेपाल स्टक एक्सचेन्जमा १ सय ८० कम्पनीहरुको तीन अर्ब ५६ करोड रुपैयाँ ७५ लाख ८४ हजार कित्ता सेयरहरु खरिद–बिक्री भए ।
गत साता १ सय ७५ कम्पनीहरुको तीन अर्ब ३१ करोड ४९ लाख रुपैयाँ बराबरका एक अर्ब ४८ लाख कित्ता सेयरहरु खरिद–बिक्री भएका थिए । कारोबार रकम गत साताको तुलनामा ७ प्रतिशतले बढी हो ।









प्रतिक्रिया दिनुहोस्