Logo ३० असार २०८३, मंगलबार | Wed Jul 15 2026


सातामा सुन र चाँदीको भाउमा वृद्धि


0
Shares

आइतबार तोलाको ५५ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुन शुक्रबारसम्म आइपुग्दा तोलामा १ हजार रुपैयाँले बढेर तोलाको ५६ हजार ५ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै, चाँदीको भाउमा पनि सामान्य वृद्धि आयो । आइतबार तोलाको ७ सय ५५ रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबारसम्म आइपुग्दा तोलामा १५ रुपैयाँले बढेर तोलाको ७ सय ७० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।