गल्कोट नगरपालिका–१ दुदिलाभाटी घर भई हाल हटियामा बस्दै आएका ४२ वर्षीय गुमानसिंह खत्रीले इजरायली हाइटेक प्रविधिबाट तरकारी खेती गरी राम्रो आम्दानी गर्न सफल भएका हुन् ।
११ वर्षअघि इजरायल जाँदा टनेलमार्फत गरिने तरकारी खेतीबारे राम्रो जानकारी लिएका खत्रीले नेपाल फर्किएर सोही प्रविधिमार्फत तरकारी खेती गर्न थालेका थिए ।
उनले टनेल घर तथा थोपा सिंचाई प्रविधिबाट तरकारी खेती गर्दै आएका छन् ।
कृषि मन्त्रालयअन्तर्गत सञ्चालित व्यवसायिक कृषि तथा ब्यापार आयोजनाबाट १० लाख अनुदान लिएर खत्रीले व्यवसायिक तरकारी खेती गरिरहेका छन् ।
उत्पादित तरकारी स्थानीय गल्कोट बजार, बाग्लुङ बजार र खर्वाङ बजारमा खपत हुने गरेको छ ।
विदेशी प्रविधिमार्फत खेती गर्दा उनले वार्षिक ६ लाख रुपैयाँसम्म आम्दानी गर्दै आएका छन् ।









प्रतिक्रिया दिनुहोस्