दुई दशकदेखि व्यावसायिक मौरीपालन गरिरहेकी उनले पछिल्लो समयमा राम्रो आम्दानी गर्न थालेकी हुन् ।
सिद्धिविनायक मौरीपालन केन्द्र दर्ता गरी आफूले मौरीपालन व्यवसायलाई अगाडि बढाएको कृषक खत्रीले जानकारी दिइन् ।
आफ्नो र आफन्तको घरमा पालेका मौरीबाट मह तथा मौरीघार बिक्री गरी वार्षिक १० लाख रुपैयाँ आम्दानी हुने गरेको उनले बताइन् ।
उनको घरमा हाल मौरीका ५५ घार छन् । एउटै घारबाट वार्षिक ८ केजीसम्म मह उत्पादन हुने गरेको छ । उनले वार्षिक चार वटा घारका लागि मौरीसमेत उत्पादन गर्ने गरेकी छन् ।









प्रतिक्रिया दिनुहोस्