
काठमाडौं, माघ ३ । सांसदहरुले छाउपडी प्रथा रोक्न कानुनलाई प्रभावकारीरुपले कार्यान्वयन गर्नुपर्ने बताएका छन् ।
प्रतिनिधिसभाअन्तर्गत्को महिला तथा सामाजिक समितिको बिहीबार सिंहदरबारमा बसेको बैठकमा सांसदहरुले छाउपडीविरुद्धको कानुन कार्यान्वयन फितलो भएको, पर्याप्त जनचेतनाको अभाव र सचेत वर्गले नै छाउपडी प्रथालाई मान्यता दिएकाले छाउपडीजस्तो कुरितीले समस्या ल्याएको बताए ।
बैठकमा गृहसचिव प्रेमकुमार राईले कानुन कार्यान्वयनमा गृह प्रशासनले शून्य सहनशीलता अपनाएको भएपनि पर्याप्त नभएको बताए ।
यस्तै, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका सचिव बुद्धिबहादुर खड्काले तत्कालै छाउगोठ हटाउने अभियान प्रतित्युपादक हुनसक्ने भन्दै सामाजिक र आर्थिक जागरणमा जोड दिनुपर्ने बताए ।
प्रतिक्रिया दिनुहोस्