काठमाडौंमा आइतबार गरिएको सहकारी क्षेत्रको दीर्घकालिन रणनीति तथा योजनासम्बन्धी कार्यक्रममा मन्त्री बस्नेतले सहकारीलाई मर्यादित र व्यवस्थित बनाउन नयाँ ऐन आवश्यक भएको बताएकी हुन् । उनले नयाँ ऐन जारी भएपछि सहकारी क्षेत्रमा देखिएको विकृति स्वतः कम हुने विश्वास व्यक्त गरिन् ।
नेपालजस्तो विकासोन्मुख मुलुकमा सहकारी क्षेत्रको विकास गर्नुपर्ने उनको भनाइ थियो ।
कार्यक्रममा सहभागी विज्ञहरुले प्रस्तावित सहकारी ऐनको विधेयकमाथि विभिन्न सुझाव दिएका थिए । उनीहरुले सहकारीमा आवद्ध ठूलो समुदायको चाहना नै सहकारीमा देखिने गरेको जोखिम अन्त्य होस् भन्ने रहेको बताए ।









प्रतिक्रिया दिनुहोस्