Logo २४ चैत्र २०८२, मंगलबार | Wed Apr 8 2026


नाङ्गै बसेर रमाउनको लागि ‘न्यूडिस्ट पार्क’ खुल्ला, यसरी रमाउँछन् प्रकृतीप्रेमी (भिडियो)


0
Shares

पेरिसको चरा संरक्षण केन्द्र नजिकै रहेको ‘बोइस डी विन्सेनस पार्क’भित्र निर्माण गरिएको उक्त ‘न्यूडिस्ट पार्क’ सेप्टेम्बर महिनाको सुरुसँगै खुल्ला गरिएपछि १० जना प्रकृतीप्रेमीहरुले सामुहिक रुपमा नाङ्गै बसेर आनन्द लिएका छन् ।

मिरर अनलाइन’का अनुसार फ्रान्सेली नागरिकहरुले राजधानीमा नाङ्गै बसेर आनन्द लिन एक हरियाली ‘न्यूडिस्ट पार्क’को माग गरेको लामो समयपछि पेरिसका मेयरले उनीहरुका माग पुरा गरीदिएका हुन् ।

फ्रान्सका अधिकारीहरुले गरेको एक अध्ययन अनुसार फ्रान्समा ४०० भन्दा बढी सामुद्रिक तटमा करिव २५ लाखभन्दा बढी नागरिकले ‘न्यूडिज्म’ अर्थात नाङ्गिएर आनन्द लिने अभ्यास गर्दछन् ।

सरकारको तथ्यांकमा आफ्ना नागरिक ‘न्यूडिज्म’प्रति आर्कषित भएको देखेपछि यसलाई सम्बोधन गर्न ‘न्यूडिस्ट पार्क’ खोलिएको बताइएको छ ।

पेरिस मेयर कार्यालयले पहिलो ‘न्यूडिस्ट पार्क’ खुल्ला गर्दै एक प्रयोगात्मक कदम भएको बताएको छ । कार्यालयले भनेको छ, ‘यो पेरिसको सार्वजनिक स्थानको प्रयोगको लागि खुल्ला दिमागको लक्ष्य हो ।’

मेयर कार्यालयले आगामी अक्टुबर १४ सम्म बिहान ८ बजेदेखि बेलुका ७.३० सम्म पार्क खुल्ला गरिने जनाएको छ ।

भिडियो हेर्नुस्