Logo ३० असार २०८३, मंगलबार | Wed Jul 15 2026


लगानी बोर्ड र होङ्सी सिमेन्टबीच समझदारी, नयाँ उद्योग खुल्ने


0
Shares

राजधानीमा आयोजित कार्यक्रममा अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की र नेपालका लागि चीनका राजदूत यु होङ्गको उपस्थितिमा बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारी र कम्पनीका निर्देशक लाइ वैफङले हस्ताक्षर गरे ।

चीनको हङकङ रेड लायन र नेपालको शिवम् सिमेन्टको संयुक्त लगानीमा सञ्चालित होङ्सी शिवम् सिमेन्ट कम्पनीसँग बोर्डले पीआईए गरेको हो । यो सम्झौतासँगै कम्पनीलाई निर्माण कार्य अघि बढाउन बाटो खुलेको छ ।

यसको कुल लगानी ३६ अर्ब ७५ करोड रहेको छ । यसमध्ये ७० प्रतिशत होङ्सी र बाँकी शिवम् सिमेन्टको लगानी रहने जनाइएको छ ।

हङकङ रेड लायनले शिवमसँग मिलेर होङ्सी शिवम् सिमेन्ट उद्योग दर्ता गरिसकेको छ । दैनिक १२ हजार टन सिमेन्ट उत्पादन गर्ने लक्ष्यसहित ३६ अर्ब बढी रुपैयाँ लगानीमा यो सिमेन्ट उद्योग खुल्न लागेको हो ।

कार्यक्रममा अर्थमन्त्री कार्कीले मुलुकमा लगानीको वातावरण बन्दै गएको सन्देश यसले दिएको बताए । वैदेशिक लगानीलाई प्रोत्साहन गर्ने नीति सरकारको रहेको उनको भनाइ छ ।

कम्पनीका निर्देशक वैफङले लगानीका लागि नेपाल उपयुक्त गन्तव्य रहेको बताए ।

नवलपरासीको बेणीमनिपुर गाविसस्थित बेलुवामा निर्माण हुने होङ्सी शिवम् सिमेन्ट उद्योगले दुई हजार जनालाई रोजगार दिने लक्ष्य लिएको छ । यो उद्योगले सन् २०१८ भित्र उत्पादन सुरु गर्ने लक्ष्य राखेको छ ।