Logo ८ फाल्गुन २०८२, शुक्रबार | Sat Feb 21 2026


भूट्टोे हत्या मुद्दामा ‘भगौडा’ घोषित मुशर्रफ अदालतको सामना गर्न पाकिस्तान आउने


0
Shares

पाकिस्तानी उच्च अदालतले गत बिहीबार भूट्टोको हत्या मुद्दामा सुनुवाई गर्दै सन् २००७ मा भएको घटनामा संलग्न भनी आरोप लगाइएका पाँच जनालाई सफाइ दिँदै अदालतमा हाजिर नभएकोले मुशर्रफलाई ‘फरार अभियुक्त’ घोषणा गरिएको थियो ।

मुशर्रफद्वारा आइतबार सन्चारकर्मीलाई उपलव्ध गराइएको वक्तव्यमा भनिएको छ, ‘रावलपिन्डी प्रति आतंकवाद अदालतको फैसला आफ्नो विरुद्धमा छैन ।’

‘म पक्कै पनि पाकिस्तानमा आउने छु र उक्त मुद्दाको सामना गर्नेछु ’ उनले भनेका छन् ।

अदालतले मुशर्रफलाई ‘भगौडा’ भन्दै उनको नाममा रहेको सम्पत्ति जफत गर्न आदेश दिएको छ ।

मुशर्रफले भनेका छन्, ‘मलाई बेनजिर भूट्टोको हत्या आरोपमा मुछिएको छ र राजनैतिक पीडित बनाइएको छ । तर, उनको असामयिक तथा दुखद हत्यामा मेरो कुनै सम्लग्नता रहेको छैन ।’ रासस/एएफपी