चाडपर्वको मुखमा ‘सेल’को नाममा उपभोक्ता ठगी गरेको भन्दै अनुगमन गरी ती पसलहरुमा सिलबन्दी गरिएको हो ।
दरबारमार्गका बेन्टले, पुमा, स्टोर वन र नाइकका शो रुममा ११ गुणा बढीसम्म चर्को मूल्य लिइने गरेको पाइएसँगै टोलीले ती शो रुम सिलबन्दी गरेको हो ।
ती ब्रान्डेड स्टोरमा ५०/६० प्रतिशतसम्मको छुटको नाममा चर्को मूल्य असुल्ने गरेको पाइएकोले सिल गरिएको आपूर्ति व्यवस्था उपभोक्ता हित संरक्षण विभागका महानिर्देशक कुमार दाहालले बताए ।
अनुगमनकोक्रममा १ हजार रुपैयाँ पर्ने कपडा ५ हजारसम्म, २४ सय रुपैयाँ पर्ने जुत्ताहरु २७ हजार रुपैयाँसम्म लिने गरेको पाइको छ ।
बिलबिजक पनि नरहेको र धेरै विकृति देखिएकाले ती चारओटैमा सिलबन्दी गरिएको उनले जानकारी दिए ।
अनुगमन टोलीले व्यवसायीलाई सम्पूर्ण कागजातसहित विभागमा उपस्थित हुन निर्देशन दिएको र आवश्यक कागजात नभेटिए छानबिन गरी मुद्दा दायर गरिने जनाएको छ ।
साथै, उनले यो अनुगमनलाई निरन्तरा दिइने पनि बताएका छन् । छुट र ‘अफर’का नामममा कसैले उपभोक्ता ठग्न नपाइने उनको भनाइ छ ।









प्रतिक्रिया दिनुहोस्