३० श्रावण २०८२, शुक्रबार | Fri Aug 15 2025


प्रारम्भिक बालविकास रणनीति बनाउन छलफल सुरु


0
Shares

काठमाडौं, माघ ३ । राष्ट्रिय योजना आयोगले प्रारम्भिक बालविकास रणनीति बनाउन बिहीबारदेखि सरोकारवालाहरुसँग छलफल सुरु गरेको छ ।

बिहीबारको छलफल खानेपानी, स्वास्थ्य र पोषण विषयमा केन्द्रित रह्यो ।

सातै प्रदेशमा छलफल गरी ल्याइएका समस्याहरुमा छलफल चलाइएको हो ।

विद्यालयमा स्वास्थ्य कार्यक्रमको अभाव, स्वास्थ्य बिमा ऐन प्रभावकारी नभएको, पोषणसम्बन्धी ज्ञानको अभाव, अस्वस्थ खानाको प्रयोग र एकीकृत पोषण व्यवस्थालगायत समस्यामा बिहीबार छलफल गरिएको छ ।

कार्यक्रममा योजना आयोगकी सदस्य डा. उषा झाले प्रारम्भिक बालविकासलाई सहयोग पुग्नेगरी सुझाव दिन आग्रह गरिन् ।

शिक्षा मन्त्रालयले हाल देशभर प्राथमिक बालविकास कार्यक्रम सन्चालन गरेपनि प्रभावकारी नभएको भन्दै राष्ट्रिय योजना आयोगले रणनीति बनाउन लागेको हो ।

युनिसेफको सहयोगमा सन् २०१९ देखि २०३० सम्मको ११ वर्षे रणनीति बनाउन छलफल सुरु गरिएको हो ।