Logo ३० असार २०८३, मंगलबार | Wed Jul 15 2026


सोमबार सेयर बजारमा दोहोरो अंकको गिरावट


0
Shares

उतार–चढावबीच बजार परिसूचक नेप्से २५ अंकले झरेर १५ सय ५४ मा आएर थामियो ।

बिमा समूहमा सबैभन्दा उच्च १ सय ३६ अंकको गिरावट आयो । विकास बैंक समूह ३६ अंकले र बैकिङ समूह २५ अंकले झर्‍यो । कारोबार भएका अरु समूह भने सामान्य अंकले ऋणात्मक रहे ।

यसदिन नेपाल स्टक एक्सचेन्जमा १ सय ५२ कम्पनीहरुको १५ लाख ७० हजार कित्ता सेयर ८४ करोड रुपैयाँमा कारोबार भएको एक्सचेन्जले जनाएको छ ।