Logo ३० असार २०८३, मंगलबार | Wed Jul 15 2026


वातावरणमैत्री जापानी इँटा नेपालमा उत्पादन सुरु


0
Shares

सुपर इको व्रिक इनोभेसन्स् प्रालिले सेबी जापानी ब्रिक नेपाली बजारमा उत्पादन सुरु गरेको हो । सोमबार एक कार्यक्रम गरी कम्पनीले आफ्ना उत्पादनको बजार प्रवेश गराएको हो ।

अर्थराज्यमन्त्री उदयशम्शेर राणाले यो उत्पादनलाई नेपाल–जापान संयुक्त लगानीको राम्रो सुरुआत भएको उल्लेख गरे ।

उनले काठमाडौं उपत्यकामामात्र १५० ओटा इँटाभट्टा रहेको र यहाँको प्रदूषणमा १० प्रतिशत बढी यिनैको योगदान रहेको तथ्यांक प्रस्तुत् गर्दै सरकार वातावरणमैत्री उद्योगको प्रोत्साहनमा प्रतिवद्ध रहेको बताए ।

सेबी जापानी इँटा नपोलीकन मसिनबाट तयार गरिने भएकाले यो वातावरण र श्रमीकमैत्री रहेको कम्पनीको दाबी छ ।

विभिन्न चरणको परीक्षण पार गरी बलियो प्रमाणित यी इँटा विभिन्न रङमासमेत उपलब्ध छन् ।

परम्परागत इँटाका तुलनामा दोब्बरजस्तो बलियो दाबी गरिएका यी इँटा प्रयोग गर्दा कूल निर्माण खर्च १० देखि २० प्रतिशत कम हुन जाने कम्पनीको दाबी छ ।