मन्त्रालयले टोल फ्री नम्बर ११५१ तथा मोबाइल एप सन्चालनमा ल्याएको हो ।
ऊर्जामन्त्री महेन्द्रबहादुर शाहीले सोमबार झापा, गौरादहका एक सेवाग्राहीको गुनासो सुनेर यस सेवाको उद्घाटन गरेका हुन् ।
उनले सेवाप्रदायक संस्थाका कर्मचारीलाई थप जिम्मेवार र उपभोक्तामुखी बनाउन यी सेजा सन्चालनमा ल्याइएको बताए ।
जनताका काम–कारबाहीलाई कुनैपनि बाहानामा सम्बोधन नगर्ने परिपाटीको अन्त्य गर्न यस्तो सेवाको आवश्यकता परेको उनको भनाइ छ ।
जनताहरु समस्या ल्याएर प्राधिकरणमाभन्दा मन्त्रालयमा बढी आउने गरेको र प्राधिकरणकै गुनासो बढी आउने हुनाले जनतालाई सीधै मन्त्रालयमा पहुँच उपलब्ध गराउन मन्त्रालयले पनि यो सेवाको सुरुआत गर्नुपरेको उनले स्पस्ट पारे ।
प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले सीमित ठाउँमा प्राविधिक कारणबाहेक लोडसेडिङ नभएको जानकारी गराए ।
ट्रिपिङको समस्याले केही समय बत्ती जाने गरेको र यसलाई पनि अटो सिंक्रनाइजेसन प्रक्रिया अगाडि बढाइसकेको उनले उल्लेख गरे ।









प्रतिक्रिया दिनुहोस्