
महाशाखाले अहिलेसम्म कुनै मानवीय जोखिम नभएको बताउँदै बढी डेंगुु संक्रमण फेला परेका जिल्लामा चितवनमा चार र दाङमा चारजनामा भेटिएका जनाएको हो ।
पूर्वी झापादेखि पश्चिम अछामसम्मका १५ जिल्लामा डेंगुु पाइएको महाशाखाका वरिष्ठ स्वास्थ्य प्रशासक डा.विवेककुमार लालले बताए । उनका अनुसार ‘एडिस एजेप्टाई’ नामको संक्रमित पोथी लामखुट्टेले टोकेमा डेंगुु सर्ने गर्दछ ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाअन्तर्गत इपिडिमियोलोजी शाखा प्रमुख डा.गुणनिधि शर्माका अनुसार लामखुट्टे फैलिएका र खुला भाँडाकुँडामा जमेको पानीमा फुल पारेर बच्चा बनाउने गर्छ । उनले घरवरपर सरसफाइ गरी पानी जम्न नदिई लामखुट्टेबाट बचेमा रोग नलाग्ने बताए । रासस
प्रतिक्रिया दिनुहोस्