३२ असार २०८२, बुधबार | Thu Jul 17 2025


कोलम्बियामा विद्रोही समूह इएलएन र सरकारबीच युद्धविराम हुने


0
Shares

विद्रोही समूह इएलएन र सरकार अस्थायी रुपमा युद्धविराम गर्न तयार भएपछि कोलम्बिया शान्तिको मार्गमा थप अगाडि बढेको छ ।

विद्रोही समूह र सरकारी पक्ष ५० बर्ष लामो संघर्ष अस्थायी रुपमै भएपनि रोक्न राजी भएका हुन् ।

युद्धविराम आगामी अक्टोबर १ देखि जनवरी १२ सम्म हुने कोलम्बियाली राष्ट्रपति जुआन मानुएल सान्तोषले जानकारी दिए ।

अस्थायी युद्धविरामका समयमा अपहरण, आक्रमणजस्ता कार्य रोकिने छ भने नागरिकको सुरक्षाको प्रत्याभूति गर्दै कुनै अप्रिय घटना हुन नदिनेमा दुबै पक्ष सहमत भएको राष्ट्रपति सान्तोषको भनाइ छ । (एजेन्सी)