Logo १६ आश्विन २०८३, शुक्रबार | Sat Oct 3 2026


भारतमा अलैंचीको उत्पादन बढ्यो, नेपालमा मूल्य घट्यो


0
Shares

भारतमा पनि अलैंची उत्पादन बढेपछि गत वर्षको तुलनामा यस वर्ष नेपालमा निकै भाउ घटेको व्यवसायीले बताएका छन् ।

नेपाली अलैंचीको मूख्य बजार भारतलाई मान्ने गरिन्छ । नेपाली अलैंची निर्यातकर्ता भारत सिलगुडीका बाबुलाल जयनले भारतमा अलैंची उत्पादन बढेपछि यताको मूल्य घटेको जानकारी दिए ।

बजारलाई पुग्दो अलैंची सिक्किम, दार्जिलिङ, आसामलगायत क्षेत्रमा उत्पादन भएपछि नेपाली अलैंचीलाई प्रतिस्पर्धात्मक मूल्य दिन नसकेको उनको भनाइ छ ।

सिन्डिकेट बजारले अलैंची बंगलादेश बढी जाने गर्छ अन्यत्र बजार विस्तार गरे केही मूल्य सुधार्न सकिने सम्भावना भए पनि यस तर्फ चासो नदिंदा नेपालको कालो सुनको उपनामले चिनिने अलैचीको अवमूल्यन भएको उत्पादक बताउँछन् ।

नेपालबाट निर्यात गरेको अलैंची पाकिस्तानलगायत तेस्रो मुलुकमा पुग्दा १० प्रतिशतसम्म मिसावट हुने गरेकाले पनि नेपाली अलैचीको मूल्य घटेको अलैचीसम्बन्धि अनुसन्धान गरिरहेका हिमाली कार्यक्रमका सीपी भट्टराईले जानकारी दिए ।

भियतनाम, ग्वाटेमालाबाट अलैंची जस्तै नक्कली सामग्री भारत भित्रिएपछि अलैंचीको मूल्यमा गिरावट आएको अलैची व्यवसायी महासंघको ठम्याई छ ।

Skip This