३० श्रावण २०८२, शुक्रबार | Fri Aug 15 2025


मालढुंगामा बस दुर्घटना : मृतकको संख्या चार पुग्यो, ३४ जना घाईते


0
Shares

लक्ष्मीप्रसाद सापकोटा

पर्वत, माघ ३ । पर्वतको कुश्मा नगरपालिका–१, मालढुंगामा बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या चार पुगेको छ । तीन जनाको घटनास्थलमै र एक जनाको धौलागिरी अञ्चल अस्पतालमा मृत्यु भएको हो ।

म्याग्दीको बेनीबाट नारायणगढतर्फ जाँदै गरेको ग१ख ६१०८ नम्वरको बस आज बिहान साढे ८ बजे पर्वतको मालढुंगा नजिकै दुर्घटना भएको हो । दुर्घटनामा मृत्यु भएकाहरुको नाम ठेगाना भने खुल्न सकेको छैन ।

दुर्घटनामा ३४ जना घाईते भएका छन् । घाईतेमध्ये गभीर रहेका १७ जनालाई थप उपचारका लागि पोखरा पठाईएको छ भने चार जनालाई हेलिकप्टर मार्फत काठमाडौं लगिएको छ ।

अन्य घाइतेको बागलुङमै उपचार भइरहेको प्रहरी नायब उपरीक्षक भुवनेश्वर तिवारीले जानकारी दिए ।

साँघुरो बाटोमा तीब्र गतिमा बस गुडेका कारण सडकबाट झण्डै दुई सय मिटर तल कालीगण्डकी नदीमा खसेको हो । घटनास्थलबाट सबैलाई उद्धार गरिसकिएको प्रहरीले जनाएको छ ।