अन्तर्राष्ट्रिय बजार पच्छ्याउँदै यसदिन स्थानीय बजारमा छापावाल सुनको मूल्य तोलामा ३०० रुपैयाँले बढेर तोलाको ५७ हजार ३०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
सुन सोमबार तोलाको ५७ हजार रुपैयाँमा कारोबार भएको थियो ।
मंगलबार चाँदीको भाउमा पनि ५ रुपैयाँले वृद्धि आएर तोलाको ७९० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।
मंगलबार साँझसम्म अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १३ सय ३७ डलर हाराहारीमा कारोबार भएको थियो ।









प्रतिक्रिया दिनुहोस्