आन्तरिक राजश्व विभागले गरेको व्यवस्थापन गोष्ठीका अवसरमा उनले उक्त दाबी गरेका हुन् ।
अर्थमन्त्री कार्कीले आगामी दिनमा विभागको दिशानिर्देश गर्नका लागि, समस्याहरु पहिचान गर्दै प्रभावकारीरुपमा विभागलाई समृद्धिको बाटोमा लान व्यवस्थापन गोष्ठी अग्रसर हुने अपेक्षा गरेका थिए ।
करदाताको संख्यालाई वृद्धि गर्न निर्देशन दिँदै मुलुकको दूरदराजमा बसेको मानिसले पनि विकास निर्माणको अनुभूति गर्नुपर्नेमा उनले जोडको जनाइएको छ ।
कर कानुनको कडारुपमा परिपालना र प्रभावकारी अनुगमन गर्न निर्देशन दिँदै उनले परम्परागत कार्यशैलीलाई अध्यावधिक गर्नुपर्नेमा पनि जोड दिए ।
अर्थराज्यमन्त्री उदयशमशेर राणाले यो आर्थिक वर्षमा स्थानीय तहको निर्वाचन भइसकेको संघ र प्रादेशिक निर्वाचन हुन लागेकाले आर्थिक भारपर्ने हुँदा कर प्रशासनलाई जुन लक्ष्य दिइएको छ, त्यो पूरा गर्न निर्देशन दिएका थिए ।









प्रतिक्रिया दिनुहोस्