१० जेष्ठ २०८२, शनिबार | Sat May 24 2025


भारतमा वरिष्ठ पत्रकार गौरी लंकेशको गोली हानी हत्या


0
Shares

दक्षिणपन्थी विचारधाराकी आलोचक गौरीको बैंङ्लोरमा गोली हानी हत्या भएको हो ।

५५ वर्षीया गौरी मंगलबार साँझ आफ्नो घरतर्फ जाँदै गर्दा अज्ञात व्यक्तिले गोली प्रहार गरेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

मोटरसाइकलमा आएका व्यक्तिले उनको टाउको र छातीमा गोली हानेर हत्या गरी फरार रहेको प्रहरीले जनाएको छ ।

घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । ‘लंकेश’ पत्रिकाको सञ्चालिका रहेकी उनी ४० वर्षदेखि पत्रकारितामा सक्रिय रहँदै आएकी थिइन् ।

चलचित्र निर्माता गौरीका पिता पी लंकेशले सन् १९८० देखि ‘लंकेश’ पत्रिकाको प्रकाशन शुरु गरेका थिए ।

गौरीले सोही पत्रिकामार्फत् आफ्नो पत्रकारिता यात्रा अघि बढाएकी थिइन् । (एजेन्सी)