Logo १८ आश्विन २०८३, आइतबार | Sun Oct 4 2026


भोजपुरका स्थानीय तहमा करिब रु ८५ करोड निकासा


0
Shares

पहिलो किस्ताबापतको जम्मा करिब रु ८५ करोड रकम निकासा गरिएको कोष तथा लेखा नियन्त्रण कार्यालय भोजपुरले जनाएको छ ।

जिल्लाका कोष तथा लेखा नियन्त्रक ईश्वरीप्रसाद देवकोटाका अनुसार भोजपुर नगरपालिकामा रु ११ करोड ५३ लाख ४८ हजार, षडानन्द नगरपालिकामा रु १२ करोड ९८ लाख ९४ हजार निकासा गरिएको हो ।

त्यस्तै, अरुण गाउँपालिकामा रु १० करोड १३ लाख ४० हजार, आमचोक गाउँपालिकामा रु आठ करोड ८७ लाख ६७ हजार, ट्याम्के मैयुङ गाउँपालिकामा रु नौ करोड २१ लाख ५२ हजार, पौवादुङ्मा गापामा रु सात करोड २२ लाख ११ हजार, रामप्रसादराई गापामा रु आठ करोड ७३ लाख १३ हजार, साल्पासिलिछो गापामा रु सात करोड ४३ लाख छ हजार र हतुवागढी गापामा रु आठ करोड ८८ लाख ३३ हजार रकम निकासा भएको छ ।

पहिलो किस्ताको रकम भने झण्डै आर्थिक बर्ष शुरु भएको डेढ महिनापछि निकासा भएको हो । यहाँका स्थानीय तहले समयमै बैंक खाता नम्बर नपठाएकाले ढिला भएको कार्यालयको भनाइ छ । रकम निकासा गरिएपछि यता नगरपालिका, गाउँपालिकाले नगरसभा र गाउँसभा धमाधम गरिरहेका छन् । (रासस)

Skip This