Logo २९ चैत्र २०८२, आइतबार | Sun Apr 12 2026


उत्तर कोरियाले दियो अमेरिकालाई चेतावनी- अझ बढी ‘उपहार’ दिन सक्छौं


0
Shares

संयुक्त राष्ट्रसंघका लागि उत्तर कोरियाली राजदूत हान तेइ सङ्गले हालै आफ्नो मुलुकले गरेको परमाणु परीक्षण गौरवको विषय भएको बताए । उनले यस्ता प्रकारका उपहार अमेरिकालाई अझ धेरै दिन सकिने पनि प्रष्ट पारे ।

जेनेभामा राष्ट्रसंघ अन्तर्गतआयोजित सम्मेलनमा उनले भने, ‘परमाणु शक्ति बन्ने योजना अनुसार पछिल्लो परीक्षण गरिएको हो, हालैका दिनमा हाम्रो मुलुकले आत्मरक्षाका लागि गरेको यस्ता परीक्षण अमेरिकाका लागि उपहार पनि हो ।’

अमेरिकाद्वारा विगत एक दशकदेखि उत्तर कोरियालाई दिइदैं आएको धम्कीका कारण आफूहरुले परमाणु परीक्षणलाई जोड दिएको पनि उनले प्रष्ट पारे । उनले भने, ‘यो आत्मरक्षाका लागि उठाइएको कदम हो, उत्तर कोरिया कुनै पनि हालतमा आफ्नो परमाणु कार्यक्रमलाई लिएर सम्झौता गर्दैन ।’

उल्लेखनीय छ, उत्तर कोरियाले अमेरिकाको चेतावनीका बाबजुद लगातार आफ्नो परमाणु कार्यक्रमलाई अघि बढाउँदै आएको छ । संयुक्त राष्ट्रसंघ, अमेरिका लगायतले लगाएको विभिन्न नाकाबन्दीलाई समेत बेवास्ता गर्दै उसले लगातार परमाणु कार्यक्रम अघि बढाएको हो । (एजेन्सी)