Logo १९ चैत्र २०८२, बिहिबार | Thu Apr 2 2026


‘कोपा डेल रे’ मा रियाल मड्रिड क्वाटरफाइनलमा, एट्लेटिको मड्रिड बाहिरियो


0
Shares

काठमाडौं । स्पेनीस फुटबल प्रतियोगिता ‘कोपा डेल रे’ मा रियाल मड्रिड क्वाटरफाइनलमा प्रवेश गर्दा एट्लेटिको मड्रिड भने बाहिरिएको छ ।

गएराति भएको प्रिक्वाटरफाइनल दोस्रो लेगको खेलमा जिरोनासँग ३–३ गोलको बराबरी खेलेपछि एट्लेटिको मड्रिड प्रतियोगिताबाट बाहिरिएको हो ।

यसअघि जिरोनाको मैदानमा भएको पहिलो लेगको खेल १–१ गोलको बराबरीमा सकिएको थियो ।

समग्रमा ४–४ गोलको बराबरी भएपछि जिरोना अवे गोलको आधारमा क्वाटरफाईनलमा प्रवेश गरेको हो ।

कोपा डेल रे कै अर्को खेलमा रियाल मड्रिड लेगानेजसँग १–० ले पराजित भएको छ । तर पहिलो लेगमा हात पारेको ३–० को जितका कारण उसले हारपछि पनि क्वाटरफाइनलमा स्थान बनायो ।

समग्रमा रियाल ३–१ को जित निकाल्दै क्वाटरफाइनलमा पुगेको हो ।

गएराती भएको अर्को खेलमा एट्लेटिक विल्बाओलाई समग्रमा ३–२ ले हराउदै सेभिया पनि क्वाटरफाइनलमा प्रवेश गरेको छ ।