काठमाडौं, माघ २ । नयाँ शक्ति पार्टी नेपालका संयोजक एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले विमान खरिद प्रकरणमा छानबिन गर्न अधिकारसम्पन्न सर्वदलीय संसदीय समिति गठन गर्नुपर्ने बताएका छन् ।
बुधबार राजधानीमा पार्टीले गरेको अन्तरक्रियामा भट्टराईले संसदीय समितिहरुले बनाएको उपसमितिको प्रतिवेदनका आधारमा दोषीलाई कारबाही हुन नसक्ने भन्दै सर्वदलीय संसदीय समिति गठन गर्नुपर्ने बताएका हुन् ।
नेपाल वायुसेवा निगमको ‘वाइडबडी’ विमान खरिदमा भ्रष्टाचार भएकोमा दुईमत नरहेको भन्दै उनले संसदीय समिति बनाएमात्रै विमान खरिदमा भएको अनियमिता बाहिर आउने र कारबाही गर्नसकिने बताए ।
समितिले बताएका उपसमितिहरुले सीमित दायराभित्र रहेरमात्रै छानबिन गर्ने भएकाले सर्वदलीय अधिकारसम्पन्न समिति बनाएर छानबिन गर्नुपर्ने उनको माग छ ।
सो विमान खरिद प्रकरणमा सार्वजनिक लेखा समितिले बनाएको उपसमितिले प्रतिवेदन बुझाइसकेको छ भने संसदकै अन्तर्राष्ट्रिय सम्बन्ध समितिको उपसमितिले पनि छानबिन गरिरहेको छ ।
सरकारले पनि न्यायिक आयोग बनाएर अध्ययन गरिरहेको छ ।
नेता भट्टराईले संसदीय समितिहरुले उपसमिति गठन गरेर छानबिन गरिरहेका बेला सरकारले न्यायिक आयोग बनाउनुको कुनै अर्थ नहुने पनि बताए ।










प्रतिक्रिया दिनुहोस्