Logo ३० असार २०८३, मंगलबार | Wed Jul 15 2026


सेयर बजारमा बुधबार दोहोरो अंकको सुधार


0
Shares

बजार परिसूचक नेप्से ११ दशमलव ९४ अंकले उकालो लागेर १५ सय ६६ मा पुग्यो । उत्पादनमूलक समूहबाहेक अरु सबै समूह उकालो लागे ।

बिमा समूहमा सबैभन्दा उच्च ५५ अंकको वृद्धि आयो । होटल समूहमा २२ अंक र विकास बैंक समूहमा पनि २० अंकको सुधार आयो । उत्पादनमूलक समूहमा भने ४८ अंकको कमी आयो ।

यसदिन नेपाल स्टक एक्सचेन्जमा १ सय ६४ कम्पनीको १६ लाख ४३ हजार कित्ता सेयर ८३ करोड बराबर रुपैयाँमा कारोबार भएको एक्सचेन्जले जनाएको छ ।