उनले विद्युत्को महसुल बढाएरमात्र फाइदा हुने तर्क उपयुक्त नभएको बताउँदै चुहावट नियन्त्रण, विद्युत्को गुणस्तर वृद्धि, ट्रान्समिसनलाइन र ट्रान्सर्फमरको सही सदुपयोगलगायतका क्रियाकलाप गरेर प्राधिकरणलाई फाइदामा लैजान सकिने बताएको जानकारी गराइएको छ ।
विद्युत्को महसुल वृद्धि हुन रोकेर ठूलो सहयोग गरेको भन्दै बधाइ तथा धन्यवाद दिन मन्त्रालय पुगेका नेपाल उद्योग वाणिज्य महासंघका प्रतिनिधिसँग छलफल गर्दै मन्त्री शाहीले चुहावट नियन्त्रणको अभाव, पुरानो प्रविधि र तारको प्रयोग, ट्रान्सफर्मरको दुरुपयोगले विद्युत् प्राधिकरण घाटामा गएको टिप्पणी गरेको जनाइएको छ ।









प्रतिक्रिया दिनुहोस्