
क्यारेवियन क्षेत्रमा रहेको फ्रान्सको भूमिमा आँधीले बढी क्षति पुर्याएको हो । फ्रान्सेली टापु सेन्ट मार्टिन र सेन्ट बार्टसमा बढी भौतिक क्षति भएको छ ।
प्रतिघण्टा २ सय ९५ किलोमिटरको रफ्तारमा आएको यो आँधी हालसम्म रेकर्ड गरिएको मध्येकै शक्तिशाली भएको बताइएको छ ।
आँधीका कारण क्यारेवियन क्षेत्रको जनजीवन अस्तव्यस्त भएको छ । समुद्री आँधीमा परेर कम्तिमा दुई जनाको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन् ।
फ्रान्सका राष्ट्रपति इमानुयल म्याक्रोनले आँधीले भौतिक क्षति बढी भएको र जनजीवन अस्तव्यस्त बनाएको बताएका छन् ।
इर्मा आँधीको प्रभाव क्यारेबियन टापुहरु बर्बुडा र एन्टिगुवामा समेत परेको छ । बर्बुडाका ९० प्रतिशत भवनमा आँधीले क्षति पुर्याएको छ ।
अहिले यो आँधी नर्दन भर्जिन आइल्यान्डतर्फ गएको छ ।
आँधीका कारण पोर्टओ रिको, डोमेनिकल रिपब्लिक, ब्रिटिस भर्जिन आइल्यान्डसहितका क्षेत्र पनि प्रभावित हुने चेतावनी दिइएको छ ।(एजेन्सी)
प्रतिक्रिया दिनुहोस्