१० जेष्ठ २०८२, शनिबार | Sat May 24 2025


उत्तर कोरियाली नेता किम जोङको सम्पत्ति फ्रिज गर्ने र इन्धन प्रतिबन्ध लगाइने


0
Shares

अमेरिकाले उत्तर कोरियाली नेता किम जोङ-उनको सम्पत्ति फ्रिज गर्ने तथा उत्तर कोरियामाथि इन्धन प्रतिबन्ध लगाउने प्रस्ताव संयुक्त राष्ट्र संघको सुरक्षा परिषद्मा पेश गरेको हो ।

प्रस्तावमा उत्तर कोरियामा इन्धन पठाउन बन्द गर्ने तथा उत्तर कोरियाबाट कपडा निर्यात बन्द गर्ने उल्लेख छ ।

यस्तै नेता किमको सम्पत्ति फ्रिज गर्ने र उनलाई भ्रमण गर्न नपाउने गरी प्रतिबन्ध लगाउने प्रस्ताव पनि गरिएको छ ।

अमेरिकाले प्रस्ताव गरेको नयाँ प्रतिबन्धलाई रुस र चीनले साथ दिनेमा भने शंका छ । दुवै देशले उत्तर कोरियमा इन्धन पठाउँदै आएका छन् ।