काठमाडौं, माघ २ । यही माघको अन्तिममा पर्वतमा ‘तेस्रो दिदीबहिनी कप राष्ट्रिय महिला भलिबल’ प्रतियोगिता आयोजना हुने भएको छ ।
बृहत् ११औं गन्डकी प्रदेशस्तरीय महिला महोत्सव तथा सामुदायिक रेडियो दिदीबहिनीको नवौं वार्षिकोत्सवका अवसरमा प्रतियोगिता आयोजना हुन लागेको हो ।
माघ २५ देखि आगामी फागुन ५ गतेसम्म हुने महोत्सवअन्तर्गत् भलिबल प्रतियोगिता माघ २८ देखि फागुन १ गतेसम्म हुन लागेको हो ।
कम्तीमा ६ टोलीबीच हुने प्रतियोगितामा तीन विभागीयसँगै न्यू डायमन्ड एकेडेमी, पश्चिमाञ्चलको टोली र आयोजकको दिदीबहिनी क्लबले सहभागिता जनाउने निश्चित भएको बुधबार राजधानीमा पत्रकार सम्मेलन गरी आयोजकले जनाएको छ ।
विजेताले दुई लाख, उपविजेताले एक लाख तथा तेस्रो हुने टिमले ५० हजार रुपैयाँ पुरस्कार जित्नेछन् ।
त्यस्तै, खुला दौड प्रतियोगिता पनि हुनेछ । दौडको विजेताले २५ हजार, उपविजेताले १५ हजार र तेस्रो हुनेले १० हजार रुपैयाँ जित्नेछन् ।








प्रतिक्रिया दिनुहोस्