बसपार्क सुधारका लागि वर्सेनि ठूलो रकम विनियोजन गर्ने गरिएको भएपनि सदुपयोग नहुँदा समस्या परेको हो ।
२०५५ सालमा बसपार्कका नाममा स्व. देवीप्रसाद सेढाइँको नाममा दर्ता रहेको साविक सुन्दरपुर–८ ख को सात कठ्ठा जमिन उनका सहोदर दाजुभाइ जनकलाल सेढाइँ र कासिनाथ सेढाइँले उपलब्ध गराएका थिए ।
तर, पछिल्लो समय जमिनको मूल्य अकासिँदै गएपछि बसपार्कका नाममा जमिन रजिस्ट्रेसन गर्न आनाकानी गरेपछि त्यसका लागि विनियोजन गरिएको रकम खर्च हुन सकेको छैन ।
बसपार्कको सुधारका लागि सहरी विकास मन्त्रालयमार्फत् प्राप्त भएको २० लाख रुपैयाँ पनि उत्तर दक्षिण बसपार्कका नाममा बेल्टारको दुवारखोला तटमा लगानी गरिएको छ ।
पछिल्लोपटक प्राप्त २९ लाख रुपैयाँसमेत बसपार्कमा लगानी हुने सम्भावना न्यून बन्दै गएको छ ।
चौदन्डीगढी नगरपालिकाले जग्गाधनीका कारण बसपार्कको सुधार गर्न नसकेको जनाएको छ ।









प्रतिक्रिया दिनुहोस्