यसदिन नेप्से करिब १२ अंकले झरेर १५ सय ५४ विन्दुमा आइपुग्यो । बुधबार करिब १२ अंकले नै बढेको थियो ।
यसदिन कारोबार भएका सबै समूहमा गिरावट आयो । बिमा समूहमा सबैभन्दा उच्च १ सय १४ अंकको गिरावट आयो ।
यस्तै, उत्पादनमूलक समूह २४ अंकले, जलविद्युत् समूह पनि करिब २४ अंकले नै र वाणिज्य बैंक समूहमा पनि ९ अंकको गिरावट आयो ।
यसदिन १५७ कम्पनीको १२ लाख ८५ हजार बराबर कित्ता सेयर ७३ करोड ४९ लाख रुपैयाँ बराबरमा खरिद–बिक्री भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।









प्रतिक्रिया दिनुहोस्