Logo १६ आश्विन २०८३, शुक्रबार | Sat Oct 3 2026


जलविद्युत् आयोजनाहरु समयमै पूरा गर्न उर्जामन्त्रीको जोड


0
Shares

जलविद्युत् आयोजनाहरुको पछिल्लो अवस्थाबारे जानकारी लिन मन्त्रालयले आयोजना गरेको बैठकमा ऊर्जामन्त्री महेन्द्रबहादुर शाहीले जलविद्युत् आयोजनाहरुमा देखिएको समस्याबारे आफूले पहल गर्ने भन्दै गम्भीरतापूर्वक तोकिएकै समयमा काम सम्पन्न गर्नुपर्नेमा जोड दिएको जनाइएको छ ।

उनले जलविद्युत् आयोजनाहरु समयभित्रै सम्पन्न भए मागअनुसारको विद्युत् आपूर्ति गर्न सकिने बताए ।

नेपाल विद्युत् प्राधिकरण तथा प्राधिकरणअन्तर्गत् रहेका ११ ओटा जलविद्युत् आयोजनाहरुका प्रमुखहरुसँग आयोजनाहरुको प्रगति विवरणबारे मन्त्री शाहीले जानकारी लिएका हुन् ।

सरकारी लगानीमा माथिल्लो तामाकोसी, चमेलिया, कुलेखानी तेस्रो, रहूघाट, माथिल्लो त्रिशूली थ्री ए, तल्लो सान्जेन, माथिल्लो सान्जेन, रसुवागढी, मध्ये भोटेकोसी, तनहुँ र माथिल्लो त्रिशूली थ्री बी जलविद्युत् आयोजनाहरु निर्माण भइरहेका छन् ।

यी आयोजनाका प्रमुखहरुले बैठकमा वन, स्थानीय जनताको मुआब्जा वितरण र ठेकेदारबाट समस्या देखिएको गुनासो गरेका थिए ।

Skip This