Logo ३० असार २०८३, मंगलबार | Wed Jul 15 2026


बजार अनुगमनको विरोधमा दरबारमार्गका सबै पसल बन्द


0
Shares

बजार अनुगमनकाक्रममा ब्रान्डेड सामान बिक्री गर्ने व्यापारीहरुले परलभन्दा दशौं गुणा बढी मूल्य लिइरहेको खुलासा भएको थियो ।

सरकारले यस क्षेत्रका थुप्रै पसल सिल गरेर कारबाहीको प्रक्रिया अगाडि बढाएको थियो । व्यापारीहरु यसैको विरोधमा पसल नै बन्द गरेर आन्दोलनमा उत्रिएका हुन् ।

बुधबार नै अनुगमनको विरोध गरेका व्यवसायीले बिहीबार भने सम्पूर्ण पसल बन्द गरेका छन् ।

विभागले अन्तर्राष्ट्रिय ब्रान्डका शोरुम रिबोक, ब्रान्डेड घडीहरु वाच एन्ड सी, सुलक्स सेन्टर सिल गरेको छ । यस्तै, नाइक, पुमा, बेन्टले, ए वन स्टोर पनि कारबाहीमा परेका छन् ।

आपूर्ति मन्त्रालयका सचिव कृष्णप्रसाद देवकोटा कानुनविपरीत काम गर्नेलाई कारबाही हुने बताउँछन् ।

बजार अनुगमनकाक्रममा न्यून बिजकीरण गरेर भन्सार छलीसमेत गरेको हुनसक्ने भन्दै अनुसन्धान भइरहेको उनले बिहीबार हामीसित बताए ।

राजस्व छली र कालोबजारी गरेको भए कारबाही हुने उनले बताए ।

विभागले चाडपर्वका बेला बढी उपभोक्ता ठगिने प्रवृत्ति देखिएकाले बजार अनुगमनलाई थप तीव्रता दिने जनाएको छ ।

विभागले चाडपर्वका बेलामात्रै नभइ अरु समयमा पनि निरन्तर बजार अनुगमन भइरहेको पनि जनाएको छ ।