१० जेष्ठ २०८२, शनिबार | Sat May 24 2025


युएस ओपनको महिलातर्फ भेनस सेमिफाइनलबाटै बाहिरिइन्, स्टेफन्स फाइनलमा


0
Shares

अमेरिकाको न्युयोर्कमा जारी वर्षको अन्तिम ग्राण्ड स्लाम टेनिसको सेमिफाईनलमा आफ्नै देशकी स्लोआनी स्टेफेन्ससँग पराजित हुँदै भेनस बाहिरिएकी हुन् । स्टेफेन्स विरुद्धको पहिलो सेट १–६ ले गुमाएकी भेनसले दोस्रो सेटमा उत्कृष्ट पुनरागमन गर्दै ६–० को नतिजा निकालिन् । तर तेस्रो तथा निर्णायक सेट ७–५ ले आफ्नो पक्षमा पार्दै स्टेफेन्स फाईनलमा उक्लिन सफल भईन् ।

स्टेफेन्सले अब उपाधिका लागि आफ्नै देशकी म्याडिसन किजसँग खेल्नेछिन् ।

आजै भएको दोस्रो सेमिफाईनल खेलमा अमेरिकाकै कोको भान्डेवेइलाई हराँउदै किज करियरमा पहिलो पटक ग्रान्ड स्लाम प्रतियोगिताको फाईनलमा पुगेकी हुन् । भान्डेवेई विरुद्धको खेल किजले ६-१ र ६-२ को सोझो सेटमा जितिन् ।

उता पुरुषहरुतर्फको सेमिफाईनलमा स्पेनका रफाईल नदाल र अर्जेन्टिनाका हुँवा मार्टिन डेल पोट्रो तथा दक्षिण अफ्रिकाका केभिन एण्डर्सन र स्पेनका पाब्लो कारेनो बुष्टा भिड्नेछन् ।