३० श्रावण २०८२, शुक्रबार | Fri Aug 15 2025


कर्मचारी समायोजनमा ‘उत्साहजनक सहभागिता’ (भिडियो)


0
Shares

नवीन शर्मा र राममान डंगोल (इमेज)

काठमाडौं, माघ २ । कर्मचारी समायोजन प्रक्रियामा उत्साहजनक सहभागिता रहेको दाबी सरकारी अधिकारीहरुले गरेका छन् ।

बुधबार मध्यरातिसम्म समायोजनका लागि फारम भर्ने समयावधि रहेको छ ।

बुधबार मध्याह्नसम्म ७६ हजार बढी कर्मचारीले समायोजनका लागि अनलाइन फारम भरिसकेका छन् ।

कर्मचारी समायोजन तथा संगठन विकास महाशाखाका सहसचिव केदारप्रसाद पनेरुकाअनुसार फारम भर्ने समयावधि सकिएपछि पहिलो चरणमा सचिव र सहसचिवहरुलाई समायोजनको पत्र दिइनेछ ।

अब बढीमा दुई हप्ताभित्र फारम भरेका सबै कर्मचारीहरुलाई पत्र बुुझाउने तयारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको छ । केन्द्रदेखि स्थानीय तहसम्म ८९ हजार दरबन्दी कायम गरिएको छ ।

तर, अवकाश हुन एक वर्ष बाँकी रहेका पाँच हजार र अदालतमा मुद्दा हालेका प्राविधिकतर्फका केही कर्मचारीहरु भने समायोजन प्रक्रियामा छुट्ने भएकाले करिब ८५ हजार आसपास कर्मचारीहरुको समायोजन हुने देखिएको छ ।

समायोजन फारम भर्नेहरुमध्ये अधिकृतभन्दा माथिल्लो तहका कर्मचारीहरुको रुचि संघमा बस्ने र नायबसुब्बा र खरिदारहरुको आकर्षण प्रदेश तथा स्थानीय तह रहेको बुझिएको छ ।

सरकारले प्रदेश र स्थानीय तहमा कर्मचारी पठाउने उद्देश्यले समायोजन अध्यादेश ल्याएको थियो ।

जसअनुसार संघमा ४७ हजार ९२०, प्रदेशमा २२ हजार ७५५ र स्थानीय तहमा ६७ हजार ५०३ जना कर्मचारी पठाइनेछ ।

अध्यादेशले समायोजन हुने कर्मचारीलाई ‘ग्रेड’ तथा योग्यता पुगेकाहरुलाई एक तह बढुवाको सुविधा प्रदान गरेको छ ।

भिडियो हेर्नुहोस्