
ताप्लेजुङ, माघ २ । भूकम्प सुरक्षा दिवसका अवसरमा बुधबार ताप्लेजुङमा विभिन्न चेतनामूलक कार्यक्रमको आयोजना गरिएको छ ।
भूकम्प सुरक्षा दिवस जिल्ला समारोह समितिको आयोजनामा सदरमुकाम फुङ्लिङमा प्रभातफेरीसहित भूकम्पबाट कसरी सुरक्षित हुने भन्ने विषयमा केन्द्रित भिडियो प्रदर्शन गरियो ।
यस्तै, भूकम्पका बेला कसरी सुरक्षित हुन सकिन्छ भन्नेबारेमा विभिन्न अभ्याससमेत सिकाइएको थियो ।
‘विपद्बाट सुरक्षित हुने नागरिक अधिकार, पूरा गर्न जिम्मेवार संघ, प्रदेश र स्थानीय सरकार’ भन्ने नारासहित आयोजित कार्यक्रममा जिल्लास्थित सबै सुरक्षा निकाय, सरकारी तथा गैरसरकारी संघ–संस्थाका प्रतिनिधिलगायतको सहभागिता थियो ।
प्रतिक्रिया दिनुहोस्