Logo ३० असार २०८३, मंगलबार | Wed Jul 15 2026


सुनको मूल्य एकैदिन ६०० ले बढ्यो


0
Shares

लगातार उकालो लाग्दै आएको सुनको भाउमा विहीबार सामान्य कमी आएकोमा शुक्रबार पुनः उकालो लागेको हो ।

अन्तर्राष्ट्रिय बजार पच्छ्याउँदै यसदिन स्थानीय बजारमा छापावाल सुनको मूल्य तोलामा ६०० रुपैयाँले बढेर तोलाको ५७ हजार ८०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सुनको मूल्य बिहीबार तोलामा ३०० रुपैयाँले कमी आएर तोलाको ५७ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।

शुक्रबार चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले बढेर तोलाको ७९५ मा कारोबार भएको महासंघले जनाएको छ ।

अन्तर्राष्ट्रिय बजारमा शुक्रबार साँझसम्म सुन प्रतिऔंस १३ सय ५६ डलर हाराहारीमा कारोबार भएको थियो ।