कानुनत् व्यवसायमैत्री गरिने बजार अनुगमन स्वागतयोग्य रहेको भन्दै चेम्बरले बजारलाई व्यवस्थित पार्न, बजारको असहज परिस्थिति, बेथितिको अन्त्य हुनुपर्नेमा जोड दिन चाहेको जनाएको छ ।
शुक्रबार व्यवसायीहरुसँग गरेको छलफलमा चेम्बरले अव्यावहारिक कालोबजारी ऐनको प्रयोगबाट पसलहरु सिलबन्दी गरिनु दुःखद् भएको जनाएको छ ।
चेम्बर अध्यक्ष राजेशकाजी श्रेष्ठले भन्सार दरबन्दी घटाएर समस्याको समाधान गर्नुपर्ने बताए ।
छलफलमा व्यवसायीहरुले आयातित वस्तुको सहि मूल्यमा भन्सार तिरेर कारोबार नै गर्न नसकिने बताएका थिए ।
उनीहरुले न्यून विजकीकरण प्रमुख समस्या रहेको भन्दै भन्सार दरबन्दी घटाएर समस्या समाधान गर्नुपर्ने बताए ।
भन्सार दरबन्दी घटाए राजस्वसमेत बढ्ने उनीहरुको दाबी छ ।









प्रतिक्रिया दिनुहोस्