Logo ८ चैत्र २०८२, आइतबार | Mon Mar 23 2026


प्रदेश–१ प्रदेशसभाको हिउँदे अधिवेशन माघ २० देखि


0
Shares

विराटनगर, माघ २ । प्रदेश नम्बर–१ को प्रदेशसभाको हिउँदे अधिवेशन माघ २० गतेदेखि सुरु हुने भएको छ ।

प्रदेशसभाका सभामुख प्रदीपकुमार भण्डारीले माघ २० गते अपराह्न ३ बजे बैठक सुरु हुने जानकारी दिए ।

प्रदेशसभाको यो तेस्रो अधिवेशन हो भने यसअघिको अधिवेशनबाट प्रदेश सरकारले विभिन्न २४ ओटा ऐन पारित गरिसकेको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जनाएको छ ।

चालू हुने अधिवेशनबाट थप कानुन निर्माण हुने र प्रदेशको राजधानी तथा नाम पनि तोकिने प्रस्ताव प्रदेशसभाको बैठकमा आउने अनुमान गरिएको छ । रासस