Logo ८ फाल्गुन २०८२, शुक्रबार | Sat Feb 21 2026


‘नोबेल पुरस्कार फिर्ता गर्ने प्रावधान छैन’, ३ लाख ८६ हजार नागरिक निराश


0
Shares

म्यानमारमा पछिल्लो समय अल्पसंख्यक रोहिंग्या मुसलमान समुदायमा भड्किएको हिंसापछि ‘चेन्ज डट ओआरजी’ को पहलमा तीन लाख ८६ हजार नागरिकले आङ्साङ सुकीको नाममा प्रदान गरिएको नोबेल शान्ति पुरस्कार फिर्ता गर्नुपर्ने मागसहितको हस्ताक्षर अनलाइनमार्फत् उक्त इन्स्टिच्युटमा पेश गरिएको थियो ।

मागबारे प्रतिक्रिया दिँदै बहुप्रतिष्ठित उक्त निकायले ‘पुरस्कार स्थापनाकार अलफ्रेड नोबेल वा उनले स्थापना गरेको ‘नोबेल प्रतिष्ठान’ले सम्मान गरिसकेको पुरस्कारलाई रद्द गर्ने कल्पना नगरेको ।’ जनाएको छ ।

म्यानमारको सैनिक शासकका विरुद्ध ‘प्रजातन्त्र र मानव अधिकारका लागि अहिंसात्मक संघर्ष’ गरेको भन्दै सुकीलाई सन् १९९१ मा नोबेल शान्ति पुरस्कारबाट सम्मानित गरिएको थियो ।

म्यान्मारमा सन् २०१२ मा भएको पहिलो स्वतन्त्र निर्वाचनमा अत्यधिक बहुमतले सुकीको दलले मत पाएपछि उनी त्यहाँको प्रभावशाली नेतृका रूपमा रहँदै आएकी छन् । रासस/एपी