स्थानीय नदी तथा खोलाबाट खुलेआम बालुवा गिट्टी, ढुंगा उत्खनन र निकासी हुने क्रम अझै मौलाएको छ ।
स्थानीय प्रहरी प्रशासनकै संरक्षणमा नदी र खोलाबाट ट्रयाक्टरसमेत प्रयोग गरी अवैध निकासी हुने क्रम बढेको हो । स्थानीय चिसाङ, गछिया, बूढीलगायतका खोलाबाट अवैध रुपमा बालुवा, गिट्टी, ढुंगा उत्खनन गरी निकासी हुने गरेको स्थानीयले बताएका छन् ।
यसअघि रातको समयमा अवैध निकासी हुने गरे पनि अहिले भने दिउँसै खुलेआम अवैध निकासी हुँदा पनि स्थानीय प्रशासन मौन देखिएको छ । एक साताभन्दा बढी समयदेखि निर्वाध रुपमा गछिया खोलाबाट नदीजन्य पदार्थ उत्खनन र निकासी भइरहेको स्थानीयको भनाइ छ ।
अवैध निकासीमा स्थानीय क्रसर उद्योगकोसमेत संलग्नता रहेको बताइएको छ । गाउँलेहरुलाई विभिन्न प्रलोभनमा पारेर अवैध निकासी गर्नेहरुले खोलानालामा गिटी बालुवा संकलन गर्न लगाएर ट्याक्टरमा हालेर बिक्री गर्ने गरेको बताइएको छ ।
जिल्ला समन्वय समिति मोरङका स्थानीय विकास अधिकारी शोभाकर रेग्मीले नदीजन्य पदार्थ उत्खनन र निकासीमा पूर्ण रोक लगाइएको बताउँछन् । तर, चोरी निकासी गर्नेहरुलाई भने पूर्णरुपमा नियन्त्रण गर्न नसकिएको उनी स्वीकार गर्छन् ।
विस्तृत रिपोर्टका लागि भिडियो हेर्नुहोस्









प्रतिक्रिया दिनुहोस्