
इजिप्टको स्वास्थ्य मन्त्रालयले शनिबार दिएको जानकारीअनुसार ‘हज मिशन’का प्रमुख अहमद अल अन्सारीले हृदयघातका कारण ७८ जना इजिप्टेली नागरिकको मृत्यु भएको पुष्टि गरेका छन् ।
अन्सारीले हज प्राथनाको लागि हिँडेका उनीहरुको मृत्युको प्रमुख कारण स्वास्थ्य समस्या रहेको बताए ।
इजिप्ट सरकारको अनुसार प्रत्येक वर्ष करिव ७० हजार इजिप्टेली इस्लाम धर्मावलम्बी हजकोे लागि साउदी अरव जाने गर्दछन् ।
हज इस्लाम धर्मको सबैभन्दा महत्वपूर्ण तीर्थस्थल हो । मुस्लिम धर्मअनुसार जिवनमा एकपटक हज हजका लागि मक्का शहर जानुपर्ने मान्यतका कारण विश्वभरका इस्लाम धर्मावलम्बी सायदी अरव जाने गर्दछन् । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्