
पाँचथर । पाँचथरको सुख्खाग्रस्त क्षेत्र कुम्मायक गाउँपालिका–४ रानीगाउँमा डिप बोरिङ प्रविधिबाट खानेपानी निकालिएपछि स्थानीय हर्षित भएका छन् ।
खानेपानीको समस्या समाधान गर्न यसअघि नै निर्माण थालिएको तमोर लिफ्ट खानेपानी आयोजनाको निर्माणमा ढिलाई भएपछि तत्कालका लागि डिप बोरिङबाट पानी निकालेर वितरणको प्रयास थालिएको कुम्मायक गाउँपालिकाका अध्यक्ष जयबहादुर चेम्जोङले बताए ।
गाउँपालिकाका तीन स्थानमा डिप बोरिङका लागि प्रदेश सरकारले १ करोड रुपैयाँ विनियोजन गरेको छ ।
बाँकी रकम गाउँपालिकाले नै लगानी गरी गाउँबासीलाई पानीको सुविधा गराउने अध्यक्ष चेम्जोङले बताए ।
ड्रिलिङ कम्पनीसँग २८ लाख रुपैयाँमा एउटा डिप बोरिङ गर्ने सम्झौता भएको जनाइएको छ ।
पिउने पानीको हाहाकार भएपछि कुम्मायक गाउँपालिकाले ट्यांक्टरबाट पानी ढुवानी गरी वितरण गर्दै आएको छ ।
प्रतिक्रिया दिनुहोस्