
विभिन्न समयमा उद्योगी व्यवसायीलाई फोन, एसएमएस र प्रत्यक्ष रुपमा धम्की दिँदै पैसा असुल्ने भारत, सुनौलीका ५० वर्षीय अरविन्द यादव भन्ने बब्लु तिवारीलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको हो ।
भैरहवाका उद्योगी कुलप्रसाद न्यौपाने र व्यवसायी विष्णु शर्मालाई गोली प्रहार गर्ने तिवारीले उद्योगी व्यवसायीको विवरण संकलन गरी धम्क्याउने र पैसा असुल्ने गरेको रुपन्देही प्रहरी प्रमुख प्रहरी उपरीक्षक श्याम ज्ञवालीले बताए ।
प्रतिक्रिया दिनुहोस्