Logo ३० असार २०८३, मंगलबार | Wed Jul 15 2026


दिप्रुङ गाउँपालिका–खानीडाँडा विमानस्थल जोड्ने सडक निर्माण कार्य शुरु


0
Shares

दिप्रुङ गाउँपालिका–१ याम्खा र रुपाकोट–मझुवागढी नगरपालिकाको खानीडाँडा विमानस्थल जोड्ने १५ किलोमिटर लामो सडक शनिबार शिलान्यास गरिएको हो ।

१०३ औं बिपी जयन्तीको अवसर पारेर शनिबार याम्खाको राटमाटामा आयोजित कार्यक्रममा गाउँपालिका प्रमुख भूपेन्द्र राईले सडक शिलान्यास गरेका हुन् । सडक विभागको आर्थिक सहयोगमा दुई वर्षअघि डिपीआर तयार पारिएको उक्त सडक गाउँपालिकाभित्रका बिरामीलाई खानीडाँडा विमानस्थल हुँदै सुविधा सम्पन्न अस्पताल पु¥याउनका लागि समेत उपयोगी हुने गाउँपालिका प्रमुख राईले बताए ।

सडक विभागको ६ लाख अनुदानमा गत वर्ष खानीडाँडातर्फबाट ट्रयाक खोल्न सुरु गरिएको सडकका लागि गाउँपालिकाको केही समयअघि सम्पन्न गाउँसभाले ७५ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।

सडक विभागबाट प्राप्त ८ लाख रुपैयाँले कालेपत्रे गर्ने लक्ष्यकासाथ याम्खा–खानीडाँडा सडकको डिपिआर तयार पारिएको थियो ।